महालक्ष्मी मन्दिरको चाँदीको अलङ्कार निर्माण कार्यको निरीक्षण

Date: 2026-09-18
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महालक्ष्मी मन्दिरका लागि निर्माण भइरहेको चाँदीको अलङ्कारको निरीक्षण गरिएको छ।

ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिका वडा नं. ५ को संयुक्त सहयोगमा मन्दिरका लागि ३४ किलो ३०० ग्राम तौलको चाँदीको अलङ्कार निर्माण भइरहेको छ। मन्दिरमा यसअघि प्रयोग हुँदै आएको पित्तलको अलङ्कारको स्थानमा चाँदीको अलङ्कार निर्माण गर्न लागिएको हो।चाँदीको अलङ्कार निर्माण भइरहेको साजन शाक्यको कार्यस्थलमा पुगेर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठलगायतले निरीक्षण गर्नुभएको थियोे ।निरीक्षणमा वडा नं. ५ की महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ तथा वडा सदस्यहरू अशोककुमार श्रेष्ठ, मञ्जु रिजाल र पुनम निरौलाको समेत सहभागिता रहेको थियो।

मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै पित्तलको स्थानमा चाँदीको अलङ्कार निर्माण गर्न लागिएको जनाइएको छ। निर्माणाधीन अलङ्कारले मन्दिरको धार्मिक तथा सांस्कृतिक गरिमालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

तस्बिरहरु 


Leave Your Comments