नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रर्दशनले राजावादी कस्ता रहेछन् भन्ने विषयमा नागरिकले बुझ्ने मौका पाएको बताए ।
मधेश जागरण अभियानअन्तर्गत प्रेस सेन्टर नेपाल रुपन्देहीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीले फेरि बितण्डा मच्चाउन सक्ने भन्दै लोकतन्त्र पक्षधर सतर्क रहनुपर्नेमा जोड दिए।‘राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्कियो । अब फेरी त्यही रुपमा आउने सम्भव छैन । पूर्वराजा ज्ञानेन्द्रले जनकमाण्डर घोषणा गरेको एउटा हावालाई गिरफ्तार गरिएको छ’,'उनले भने,‘त्यसकारण अब फेरि राजावादी बुखार (ज्वरो) आउँछ जस्तो हामीलाई लाग्दैन । यद्यपी उनीहरूले यस्ता बितण्डा मच्चाइराख्ने हर्कत गरिराख्न सक्छन् । त्यसमा हामी सबै लोकतन्त्रका पक्षधर सतर्क हुनुपर्छ।'
प्रचण्डले वर्तमान सरकारप्रति कटाक्ष गर्दै रातिको अध्याँरोमा बनेको सरकार दुई तिहाइको नभइ षड्यन्त्र र अपदर्शी भएको टिप्पणी गरे ।