आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनविरुद्ध सहज जीत हात पारेको छ ।वर्षापछि ५ ओभरमात्रै छोट्याइएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो ।
बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रनमात्रै बनाएको थियो ।दोस्रो खेलमा ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो ।नेपालको लागि कविता कुँवरले १८ र सम्झना खड्काले १३ रन बनाए ।
ग्रुप सीमा ३ अंकसहित नेपाल पहिलो स्थानमा छ । हङकङसँगको पहिलो खेल रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो ।