राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि सुनु्वाइ हुनेछ।
न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। बिहीबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथि आज सुनुवाइ हुन लागेको हो।उक्त रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि पनि सुनुवाइ भइरहेको छ। दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ। लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। सहकारी ठगी प्रकरणमा लामिछानेसँगै पूर्वडीआईजी जोशीविरुद्ध नारायणबहादुर राई समेत ४४ जनाको जाहेरीको आधारमा सरकारका तर्फबाट मुद्दा दायर भएको हो। दुवै मुद्दा एकैसाथ राखेर सुनुवाइ भइरहेको छ। सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए। सो रिटमा सर्वोच्चले कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ।
तत्काल छुट्ने अवस्था नभएपछि लामिछानेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। यसैगरी सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी जोशीविरुद्ध बचतकर्ता नारायणबहादुर पहराईसहितले रिट दायर गरेका थिए।