विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्ट अनुसार शनिबारसम्म श्रीलंकामा खराब मौसमबाट करिब ६ हजार मानिस प्रभावित भएका छन् । खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घर आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ ।
यसैबीच श्रीलंकाको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण ५० हजारभन्दा बढी जनसंख्या विद्युत कटौतीका कारण प्रभावित भएको जनाएको छ ।
मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रति घण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी २४ घन्टासम्म जारी रहनेछ । विभागले आँधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरुलाई सुझाव दिएको छ ।