रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका २ मा अवस्थित अग्लेश्वर माविका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । काठमाण्डौंको ज्वजलपा ग्वहाली पुच संस्थाको सहयोग तथा अग्लेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसीको विशेष पहलमा न्यानो कपडा वितरण गरिएको हो ।
गत मंगलबार विद्यालयका शिशु कक्षादेखि कक्षा ५ सम्मका ६३ जना र कमजोर आर्थिक अवस्था भएका १८ गरी ८१ जना विद्यार्थीहरुलाई न्यानो कपडा अन्तरगत टोपी, स्वीटर र जुता-मोजा बितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष केसीले बताए । न्यानो कपडा सँगै कमजोर आर्थिक अवस्था भएका १८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कपी र पेन समेत वितरण गरिएको छ ।
न्यानो कपडा दिन बाँकी रहेका कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई पनि केही हप्ता भित्रै कपडाको व्यवस्था मिलाइने अध्यक्ष केसीले बताए ।विद्यालयमै निःशुल्क न्यानो कपडा पाएपछि विद्यार्थीहरुले सहयोगी दाता र व्यवस्थापन गरिदिने विद्यालय तथा व्यवस्थाप समिति परिवारलाई खुसी व्यक्त गर्दै धन्यबाद दिएका छन् ।