शालीनदीका व्रतालुले आजदेखि दोस्रो परदेश यात्रा’ गर्ने

Date: 2025-02-01
news-banner

साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले शनिबार दोस्रो परदेश यात्रा गर्दैछन् । 

माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित साँस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि छ। 

शनिबार नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारीमा रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले  जानकारी दिए। 


बेलुकी पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि त्यहाँ माधवनारायणलाई विशेष पूजा आराधना गर्छन्। 

स्नान र पूजा सकिएपछि माधवनारायणलाई लिएर व्रतालुले भोलि साँस्कृतिक शहर पनौती परिक्रमा गर्छन् । 

Leave Your Comments