विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुई बालबालिकासहित १० जना घाइते

Date: 2025-04-17
news-banner

नुवाकोटको गुरुङगाउँमा बुधवार यात्रुवाहक माइक्रोबस दुर्घटनामा दुई बालबालिकासहित १० जना घाइते भएका छन् ।

काठमाडौबाट त्रिशूलीतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डको शिवपुरी गाउँपालिका-७ को गुरुङगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बागमती प्रदेश ३–००१ज९३४ नम्बरको विद्युतीय माइक्रोवस दुर्घटना हुँदा त्यसमा यात्रारत १० यात्रु घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये दुई जना वालवालिका, छ महिला र चार जना पुरुष रहेका थिए ।

घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । घटनाका सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave Your Comments