काठमाडौमा आज हिजोको तुलनामा बढी गर्मी हुने बताईएको छ । हिजो सोमबार काठमाडौैंमा अधिकतम तापक्रम २९ डिग्री सेल्सियस रहेको थियो ।
आज बिहान काठमाडौको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
यसैबीच, आज दिउँसो कोसी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी, वाग्मती, गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।