नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले देश समाजवादी दिशातर्फ रुपान्तरण नहुँदा जनताहरुमा निराशा बढेको बताए ।
उनले अहिले देशमा विभिन्न वर्ग र तहका जनताहरुमा असन्तुष्टि बढिरहेको बताए ।उनले भने, ‘यो देशमा जुन रुपान्तरण गर्नुपथ्र्यो त्यो भएको छैन । नयाँ ढंगले देशको स्थिति विश्लेषण हुनुपर्ने हो । नयाँ नीति, नियम निर्माण गर्नुपर्ने हो । विस्तारै यो देशलाई समाजवादी दिशातर्फ रुपान्तरण गर्नुपर्ने थियो तर त्यो कुराहरु केही पनि हुन सकेको छैन । जसका कारण जनताहरुमा निराशा बढेको छ, आक्रोश बढेको छ । र जनता विभिन्न आन्दोलनमा उत्रिन थालेका छन् । शिक्षकहरु आन्दोलनमा छन् । विभिन्न वर्गका जनताहरु अहिले आन्दोलनमा छन् ।
यो आन्दोलनको दायरा प्रत्येक दिन बढिरहेको छ । विभिन्न वर्ग, तह असन्तुष्ट भएका छन् ।’