एजेन्सी । इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ । जसमध्ये धेरै भग्नावशेषमा फसेको वा बेपत्ता रहेको आशंका गरिएको हो।
गाजापट्टीमा भग्नावशेष हटाउन आवश्यक उपकरणहरूको गम्भीर अभाव समेत भइरहेको छ । धेरैजसो मेसिनरीहरू नष्ट भइसकेका छन् वा इन्धनको गम्भीर अभावका कारण काम गर्न नसकिने अवस्थामा छन्।संयुक्त राष्ट्र संघका अनुसार, गाजामा लगभग ९२ प्रतिशत घरहरू(लगभग ४३६,००० घरहरू) इजरायली बमबारीबाट नष्ट भएका छन् । धेरै क्षतिग्रस्त भएका छन्।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार युद्धले छोडेको भग्नावशेषहरु अनुमानित ५ करोड टनभन्दा बढी छ । हटाउन दुई दशकभन्दा बढी समय लाग्न सक्छ ।
जारी द्वन्द्वका कारण अक्टोबर २०२३ देखि अप्रिल २०२५ सम्म ६२,००० भन्दा बढीको मृत्यु भएको छ। यी मध्ये ५१,०६५ शवहरू बरामद भएका छन् भने ११,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता छन्।(सीसीटीभीप्लस)