ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त

Date: 2025-04-23
news-banner
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।

यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग नगरेको भन्दै तामाङमाथि मन्त्री दीपक खड्काले पटक-पटक आरोप लगाउने गरेका थिए ।नेपाल विद्युत प्राधिकरणका विवादास्पद कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिने गरेको भन्दै प्रधानमन्त्री ओली उनीसँग रुष्ट  थिए । 

ऊर्जामन्त्री कांग्रेसकै दीपक खड्का भएपनि उनीहरूबीच मन्त्रालयको कामकारबाहीमा कुनै समन्वय हुने गरेको थिएन । 

Leave Your Comments