ललितपुर - "स्वच्छ सफा हराभरा धुवा धुलो रहित सुरक्षित वडा " भने मुल नारा सहित ललितपुर महानगरपालिका वडा नं.५ हरितपार्कमा सरसफाइ गरिएको छ । श्री हरितपार्क महिला समुह , श्री गणेश मन्दिर उपभोक्ता समिति , दामोदर मार्ग( हरितपार्क ) वडा नं.५ ललितपुरको आयोजना र नेप्सेम्पाक ललितपुर क्षेत्रको संयोजकमा हरितपार्कमा सरसफाइ गरिएको हो।
हरितपार्कमा पहिले पानी जमेर पोखरी जस्तो थियो त्यस पछि त्यहाँका टोलबासी र वडाको पहलमा ब्याटमिन र गणेश मन्दिर स्थापन गरिएको ललितपुर महानगर,वडा नं.५ का वडा सदस्य अशोक कुमार श्रेष्ठ बताउनुभयो । ६ लाख ६७ को लागतमा हरितपार्क निमार्ण भएको जानकारी दिनुभयो ।
हरितपार्क सरसफाइमा ललितपुर महानगरपालिका वडा नं.५ का जनप्रतिनिधिहरु , हरितपार्क महिला समुहका पदाधिकारीहरु , गणेश मन्दिर उपभोक्ता समितिका पदाधिकारीहरु र नेप्सेम्पाकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।