आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ८८ हजार ८०० रूपैयाँमा कारोबार भएको सुनकाे मूल्य घटेर आज १ लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर एक हजार ९६५ रूपैयाँ कायम भएको छ । मंगलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन तीन हजार ३१० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।