जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ ।
बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ ।यो भिडियो वैवाहिक समारोहका क्रममा खिचिएको हो। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसले व्यापक आलोचना भइरहेको छन् । डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन्। उनी राष्ट्रियसभा सदस्य तथा जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादव की छोरी हुन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। “भिडियो मैले पनि हेरेको छु। उहाँलाई बोलाएर सोधपुछ गरिनेछ,” उनले भने, “सोधपुछपछि थप तथ्यहरू स्पष्ट हुनेछन् र त्यसअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।”