निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न,५०० जना लाभान्वित

Date: 2025-05-03
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ , ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखा तथा वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न  भएको छ ।शनिबार महालक्ष्मी मन्दिर प्राङ्गणमा पाटन स्वास्थ्य विकास प्रतिष्ठान ,नेशनल प्याथल्याब,स्वस्तिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय,मनकामना मेड कर्सन प्रा. लि. ,महालक्ष्मीस्थान व्यवस्थापन समितिको समन्वयमा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको हो ।

स्वास्थ शिविरमा नाक, कान, घाँटी (ENT) ,आँखा जाँच, दन्त  परिक्षण  ,जनरल जाँच (डा. परिक्षण),परामर्स सेवा , निःशुल्क औषधी वितरण ,चश्मा वितरण, ल्याब सुगर टेष्ट , मृगौलाको जाँच गरिएको थियो । उक्त शिविरमा ५०० जनाले स्वास्थ्य परिक्षण गरेका छन् । 

ललितपुर महानगरपालिकाको सम्पुर्ण नगरबासिहरुलाई स्वस्थ राख्ने अभियानसंचाल गरेको ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले बताउँनुभयो।प्रत्येक व्यक्तिहरुले अहिले ।खानपान , व्यायाम , जिवनशैलिमा केही सुधार गर्न अहिलेको आवश्यक औल्याउनुभयो । 

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले प्रत्येक वर्ष झै यस वर्ष पनि महालक्ष्मी मन्दिर प्राङ्गणमा  निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो । स्वास्थ्य शिविरमा नि : शुल्क चस्मा वितरण , जेष्ठ नागरिकहरुलाई औषधि र अन्य नेपाल सरकारले उपलब्ध गरेको औषधिहरु वितरण गरेको जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष राजु महर्जनले अहिलेको अवस्थामा आफ्नो स्वास्थ्यलाई धेरै ध्यान दिन आवश्यक रहेको बताउँनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ ले निःशुल्क बृहत स्वास्थ्य शिविर राखेको सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन् ।

Leave Your Comments