वर्षाको कारण कान्ति लोक पथ सडक अवरुद्ध

Date: 2025-05-04
news-banner

हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोक पथ सडक अवरुद्ध भएको छ । आइतबार बिहान परेको वर्षाका कारण  बागमती पुल नजिक बाटो बगाउँदा तत्काल बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गा.पा.८ र ललितपुरको बागमती गा.पा. २  ललितपुर तर्फको बागमती खोलामा  सवारी साधन आवत जावत गर्न  बनाएको डाइभर्सन बाटो वर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएको र  अवरुद्ध सडक खुलाउने पहल भइरहेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनु भयो ।

हाललाई हेटौँडा-काठमाडौं आउन जानका लागि अन्य वैकल्पिक  बाटोहरू प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरिएको छ ।

Leave Your Comments