वर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएको छ ।
वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि आइतबार विहानदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।सडकमा जम्मा भएको हिलो र गेग्रान हटाई हिजो दिउँसो ३ बजेबाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।मनसुन सक्रिय नहुँदै सामान्य वर्षामा पनि मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती झेलिरहेका छन् ।
वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।