राजसंस्था मरिसकेको बाघ हो, त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउँछ : धनराज गुरूङ

Date: 2025-05-06
news-banner
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् ।मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘२०६२/६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि !’ सांसद गुरुङले भने ।राजसंस्था मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरे ।

‘मरिसकेको बाघको सिनो बाकेर आउने मान्छेको काँध त गन्हाउँछ नै । हामीले पनि लात्ताले सिनोलाई हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि सभामुख महोदय,’ उनले भने ।

यसतर्फ ख्याल गरेर आफ्नो खुट्टा सफा राख्न पनि कर्ममा ख्याल गर्नुपर्ने बताए । व्यवहारबाट जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

Leave Your Comments