ललितपुर - ललितपुर महानगरपालिकाले आगामी जेठ अन्तिम साता ‘महिला उद्यमी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै उक्त सम्मेलनमा सहभागिताका लागि सूचीकृत हुन आह्वान गरिएको हो ।
सम्मेलनमा सहभागी हुन इच्छुक महिला उद्यमीहरूले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिन अनुरोध गरेको छ ।