गिम्दीमा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना

Date: 2025-05-07
news-banner
सन्तोष दहाल,ललितपुर । बाग्मती गाउँपालिका ७ गिम्दीमा अवस्थित गिम्देली युवा क्लवको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ यही वैशाख २७  देखि २९ सम्म गिम्दीको नारायणी माध्यमिक विद्यालय र जनक माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । 

वैशाख २७ गते बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको उपस्तिथिमा प्रतियोगिताको उद्घाटन हुनेछ । यसैगरी २९ गते सोमबार प्रदेशकै श्रम,रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यतामा समापन हुने क्लवका अध्यक्ष विश्वराम बजगाइँले जानकारी दिएका छन् ।

प्रतियोगितामा जुनसुकै वडाबाट प्रतियोगीहरु सहभागी हुन पाउने बजगाइँले बताए । सहभागी भएकामध्ये प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख, दोश्रो हुनेलाई ५० हजार , तेश्रो हुनेलाई २५ हजार र सान्तवनालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै उक्त कार्यक्रममा वडाभित्रका पुराना खेलाडीहरुलाई सम्मान गरिने कार्यक्रमसमेत रहेको छ ।

Leave Your Comments