ललितपुरमा भोलि स्थानीय बिदा

Date: 2025-05-08
news-banner
ललितपुर - ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ । ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने कार्यक्रमका लागि महानगरले बिदा दिएको हो ।

‘नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्त्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको,’ महानगरले जनाएको छ ।

Leave Your Comments