आईसीसी महिला टी-२०: नेपाल र हङकङबीचको पहिलो खेल रद्द

Date: 2025-05-09
news-banner

आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालको पहिलो खेल रद्द भएको छ।थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको मैदानमा तय भएको खेल टस नै नभई रद्द भएको हो। वर्षाका कारण टस नै हुन नसकेपछि खेल रद्द भएको हो।

एसिया छनोटमा नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा आयोजक थाइल्यान्ड, भुटान र कुवेत हुँदा समूह ‘बी’मा मलेसिया कतार र युएई तथा समूह ‘सी’मा हङकङ, नेपाल र बहराइन छ।प्रत्येक समूहमा डबल राउन्ड रोबिनका आधारमा खेल हुनेछ। त्यसरी हुने टोलीबाट सुपर थ्री भनेर उत्कृष्ठ तीन टोली छानिनेछन्। सुपर थ्रीमा रहेका टोलीले एकअर्काबीच खेल्नेछन्।

त्यसरी छानिएका उत्कृष्ठ दुई टिमले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी२० विश्वकपमा सहभागी हुनेछन्।

Leave Your Comments