अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको थियो ।बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरे पछि अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।
अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको छ।