कूटनीतिक अभियानका बिच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

Date: 2025-05-13
news-banner

मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबियामा आइपुग्नेहुनेछ ।

 खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जानुहुनेछ ।यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख विदेश भ्रमण हो र ह्वाइट हाउसले उहाँले यस क्षेत्रमा ‘ऐतिहासिक फिर्ती’ को अपेक्षा गर्नुभएको बताएको छ ।आठ वर्षअघि पनि ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमणका लागि साउदी अरेबियालाई रोज्नुभएको थियो । त्यसबेला उहाँले स्मरणीय रूपमा चम्किरहेको कक्षका साथ पोज दिनुभएको थियो र तरबार नृत्यमा भाग लिनुभएको थियो ।

परम्परागत पश्चिमी मित्रराष्ट्रहरूलाई छोडेर फेरि तेल–धनी खाडी राष्ट्रहरूमा यात्रा गर्ने उहाँको निर्णयले उनीहरूको बढ्दो भू–राजनीतिक भूमिका र क्षेत्रमा उहाँको आफ्नै व्यापारिक सम्बन्धलाई प्रकाश पार्छ ।भ्रमण अघिका दिनहरूमा ह्वाइट हाउसले भारत र पाकिस्तानबिच युद्धविराम गर्न, गाजामा अमेरिकी बन्धकलाई रिहा गर्न र इरानसँग अर्को चरणको आणविक वार्ता गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यी पहलहरू गत हप्ता ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूसँग युद्धविरामको घोषणा गरेपछि आएका छन् ।

Leave Your Comments