नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा

Date: 2025-05-14
news-banner

परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् । 

उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’

यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् ।

विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ ।


Leave Your Comments