हेटौंडा-काठमाडौ अन्तर्गतको कान्ति लोकपथ अवरुद्ध

Date: 2025-05-19
news-banner

गएरातीको वर्षाका कारण हेटौंडा-काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए ।

डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave Your Comments