सुनको मूल्य तोलामा पाँच हजारले बढ्याे

Date: 2025-05-21
news-banner

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ । 

बुधवार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको थियो ।यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ९४० रुपैयाँमा कारोवार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।


Leave Your Comments