खाँडादेवीबाट शव लिएर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स गोगनपानीमा दुर्घटना

Date: 2025-05-22
news-banner
रामेछाप - रामेछापको खाँडादेवीबाट शव लिएर काठमाडौँ तर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।

 प्रदेश–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले  बताए । एम्बुलेन्समा शव बाहेक ४ जना सवार रहेका  थिए ।

 दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई छन् ।

Leave Your Comments