साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएकाे छ । लगातार वृद्धिका बिच बिहीबार प्रतितोला १ हजार ७ सय रूपैयाँले बढेकाे सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनकाे मूल्य प्रतिताेला १ लाख ९१ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ ।बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३१३ डलरमा किनबेच भइरहेको छ ।