लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

Date: 2025-05-26
news-banner

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताउनुभएको छ । 

मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।सोही अवसरमा नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिनुभयो । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने स्पष्ट पार्नुभयो ।

“केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।

विगतका वर्षमा विद्युत् प्रणालीमा अहिलेभन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताउनुभयो । असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको उहाँको भनाइ थियो ।

Leave Your Comments