उत्तेजनात्मक अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई आयोगको चेतावनी

Date: 2025-05-26
news-banner

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौंमा राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिद्वारा आयोजना गर्न लागिएको आन्दोलनको सन्दर्भमा दिएका अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति नदिन चेतावनी दिएको हो। 

आयोगका अनुसार प्रधानमन्त्री ओलीले दिएको  जेठ १५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छू भन्ने निर्देशनमूलक अभिव्यक्ति लोकतान्त्रिक मूल्य र विधिको शासनको भावना विपरीत रहेको जनाएको छ।

आयोगले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण प्रदर्शन र विचार अभिव्यक्तिको अधिकार सबैलाई सुनिश्चित गरिएको स्मरण गराउँदै, राज्यका उच्चपदस्थ व्यक्तिबाट आउने उत्तेजनापूर्ण भाषा मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हुने चेतावनी दिएको छ।

Leave Your Comments