प्रधानमन्त्री निवास पुगे सभापति देउवासहित गृहमन्त्री लेखक

Date: 2025-05-28
news-banner

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् ।

विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।


Leave Your Comments