दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

Date: 2025-05-29
news-banner

 सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।                

बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए ।त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए ।

यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।

Leave Your Comments