स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

Date: 2025-06-01
news-banner

स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको रिभ्यु सुरू गरेको छैन । यी मेडिकल अधिकृतहरुलाई पेन्डिन अवस्थामा रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ ।जनशक्ति कम भएका कारण रिभ्यू गर्न बाँकी रहेको हो । रिभ्यू बाँकी हुँदा रकम भएको अवस्थामा पनि भुक्तानी गर्न मिल्दैन । बोर्डले १६ अर्बभन्दा बढीको भुक्तानी तिर्न नै बाँकी छ ।

१५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको हो ।अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् ।पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ ।

बोर्डका सुचना अधिकृत विकेश मल्लका अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ । उनीहरुले नेपाल सरकारले तोकेको आठौँ तहको सुविधा पाउनेछन् ।बोर्डले योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ ।


Leave Your Comments