नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ

Date: 2025-06-02
news-banner

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको हो ।

जसअनुसार नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कन लागेको छ । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो ।

नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडिआई खेल हो ।नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।

स्कटल्याण्ड पछि नेपाल पर्सी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 


Leave Your Comments