बकर ईदमा सरकारले दियो देशैभर सार्वजनिक बिदा

Date: 2025-06-06
news-banner

सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा भोली, जेठ २४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदको अवसरमा सम्पूर्ण देशमा सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएको हो। मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउने यो पर्वको सम्मानमा बिदा दिइएको मन्त्रालयले जनाएको छ।बकर ईद इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व हो, जसमा त्याग, समर्पण र बलिदानको भावनालाई स्मरण गरिन्छ। नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज, कुरबानी (पशुबलि), र सामाजिक सद्भावका साथ यो पर्व मनाउँदै आएका छन्।

यसअघि पनि हरेक वर्ष सरकारको निर्णयअनुसार बकर ईदको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

Leave Your Comments