पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन

Date: 2025-06-18
news-banner
ललितपुर - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा आज ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको स्थलगत अनुगमन गरिएको छ ।

पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो फ्लाइ ओभर यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्ने तय भएको छ ।

समिति सभापति दिपक बहादुर सिंहले ग्वार्को स्थित फ्लाइ ओभर निर्माणका क्रममा भएका कमी कमजोरी सुधार गर्दै काठमाडौंका अन्य स्थानमा पनि फ्लाइ ओभर बनाउन सरकारलाई निर्देशन दिने बताए । करिव डेड बर्ष ढिलाई भएपनि फ्लाइ ओभर राम्रो बनेको पाइएको उनले बताए ।

सो क्रममा माओवादी सांसद माधव सापकोटाले निर्माणको सुरुमा केहि जटिलता देखिएपनि अहिले समग्रमा ग्वार्को स्थित फ्लाइ ओभर सम्पन्न भएको पाइएको उल्लेख गरे । फ्लाइ ओभर निर्माणका क्रममा देखिएको कमिकमजोरीलाई सुधार गर्न सरोकारवालासंग छलफल गर्दै आवश्यक निर्देशन दिने उनको भनाइ छ ।

सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको थियो । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दे फ्लाइ ओभरलाई अन्तिम चरणमा पुराएको हो ।


Leave Your Comments