उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले धोबिखोला करिडोरअन्तर्गत पर्ने भद्रकाली मन्दिर, बुढानिलकण्ठदेखि साततल्ले कपन क्षेत्रसम्मको वस्तुस्थिति अवलोकन गरेका छन ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री सिंहले धोबिखोला क्षेत्रलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन शहरी विकास मन्त्रालयले ठोस कदम चालिसकेको बताए।
उनका अनुसार, धोबिखोला करिडोर आसपासका क्षेत्रहरूमा फैलिएको अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव, र संरचनात्मक अव्यवस्था तत्काल समाधान गर्न मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको छ।