ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर

Date: 2025-06-18
news-banner
ललितपुर - ललितपुरको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर दिएको छ ।

निर्माणाधीन ओभरपाससँगै बा।४ ख ११९ नम्बरको बसले बा।१ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७  नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।टेम्पुमा सवार ६ जना घाइते भएका छन् । उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार हुँदै छ । दुर्घटनामा परेर टेम्पो चालक ओखलढुङ्गा घर भएका ४२ वर्षीय जित बहादुर मगर, टेम्पोमा सवार कैलाली घर भएर इमाडोल बस्ने २८ वर्षीया रश्मी धमला, रामेछाप घर भएका ३२ वर्षीय सन्तोष सुनुवार, कैलाली घर भएकी हेमन्ती विष्ट र टेम्पो चालककी पत्नी ४२ वर्षीय सिता मगर घाइते भएका छन् । 

कारमा सवार कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घरकी ५३ वर्षीया चरिमाया तामाङ पनि घाइते भएकी छन् ।

Leave Your Comments