नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि समान्य बढेको छ । आज तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।