भक्तपुर । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग ( वाईसीएल ) भक्तपुर जिल्ला समितिले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । उत्पादन,श्रम र संघर्षमा वाईसीएल भन्ने उद्देश्यका साथ आइतबार राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनकाे अबसरमा संगठनक भक्तपुर जिल्ला समितिकाे आयाेजनामा धान राेपाई सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज दिलिप प्रजापति,केन्द्रीय सदस्य तथा जवस ईन्चार्ज प्रतिमा श्रेष्ठ,ने क पा माओवादी केन्द्र सुर्यविनायक नगर समिती अध्यक्ष सानू कान्छा आलेमगर,पार्टीका नगर उपाध्यक्ष क.राजेन्द्र कार्की ,पार्टी नगर सचिव सनिस लागेजु, संगठनका जिल्ला अध्यक्ष सुरेन्द्र सुवाल, केन्द्रीय सदस्यहरु राेसन बासुकला, सरराज उप्रेती ,अखिल क्रान्तिकारी जिल्ला ईन्चार्ज क.प्रदिप तज,जिल्ला उपाध्यक्ष क.राज सिमाछ्वा,काेषाध्यक्ष क.सम्रित तण्डुकार लगायतका उपस्थिति रहेको थियो ।