ललितपुर महानगरपालिका वडा नं.५ द्वारा नि : शुल्क औषधि वितरण
Date: 2025-06-30
ललितपुर - ललितपुर महानगरपालिका वडा नं.५ ले आर्थिक अवस्था कमजोर रहेका दीर्घ रोगि तथा जेष्ठ नागरिकहरुलाई नि : शुल्क औषधि वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेका जेष्ठ नागरिक , अपाङ्ग , विपन्न व्यक्तिहरूलाई ललितपुर महानगरपालिका वडा नं.५ ले
नि : शुल्क औषधि वितरण गरेको हो । कतिपय व्यक्तिहरुको आर्थिक अवस्था कमजोर रहेर औषधि किन्न नसकेर मृत्यु भएको हुँदा प्रत्येक वर्ष ललितपुर महानगरपालिका वडा नं.५ ले वडाबासिहरुलाई नि : शुल्क औषधि वितरण गर्दै आएको महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले बताउनुभयो ।