बाग्मतीका वडा सदस्यले दिए राजिनामा,पार्टी सदस्यता समेत परित्याग
Date: 2025-07-04
बागमती गाउँपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य रोम प्रसाद दाहालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै उनले शुक्रबार गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई भेटेर राजिनामापत्र बुझाएका हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका दाहालले पार्टीको क्रियाशील सदस्यबाट समेत राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यद्यपि उनले राजिनामा दिनुको अन्य कारण भने खुलाएका छैनन् । राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले वडाबासी मतदाताको मतलाई कदर गर्न नसकेकोप्रति माफी समेत मागेका छन् ।
पार्टीको सदस्यताबाट समेत राजिनामा दिएको घोषणा गर्नुले उनको राजिनामाप्रति संशय पैदा भएको छ ।