ललितपुर - ललितपुर महानगरपालिका वडा नं.५ मा अपांगमैत्री पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ ।
वडा नं. ५ मा अपांगमैत्री वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले अक्सब्रिज कलेजदेखि महालक्ष्मी मन्दिर हुँदै चक्रपथसम्मको पदमार्ग निर्माण कार्य सम्पन्न भएको ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले जानकारी दिनुभयो। उँहाले भन्नु भयो पदमार्गमा ह्वीलचियर, दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिहरू सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले अपांगमैत्री संरचना अनुसार निर्माण गरिएको बताउनुभयो ।
समान पहुँच, समावेशी पूर्वाधार र मानवमैत्री शहर निर्माणतर्फ ललितपुर महानगरपालिकाको यो पहलले सम्पूर्ण समुदायलाई सुविधा दिने अपेक्षा गरिएको छ।