पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा

Date: 2025-07-06
news-banner
 पिएसजी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।शनिबार राति सम्पन्न नकआउट चरणको खेलमा पिएसजीले बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा डिजायर डोउ र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ८२ र ९२औं मिनेटमा पिएसजीका खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ८२औं मिनेटमा विलियन पाचोले र खेलको ९२औं मिनेटमा लुकास हर्नानडेजले रातो कार्ड पाएका थिए ।

अब पीएसजीले सेमिफाइनलमा रियल म्याड्रिडसँग खेल्ने छ ।

Leave Your Comments