पशुपति क्षेत्रमा आगामी साउन १ गतेदेखि भाद्र २१ गतेसम्म ५२ दिन लामो विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा हुने यो महायज्ञको नाम श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ दिइएको छ ।
फाउन्डेसनले विगत २० वर्षदेखि देशका विभिन्न भागमा कोटिहोमसहित सयौँ यज्ञ, अनुष्ठान र धार्मिक गतिविधिहरू गर्दै आएको छ । फाउन्डेसनद्वारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको निर्माणाधीन भवन तथा फाउन्डेसनको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो ।
महायज्ञमा विविध धार्मिक अनुष्ठानहरू सहित कथा प्रवचनको कार्यक्रम पनि समावेश गरिएको छ ।