चित्रकार सितु मास्केको पहिलो एकल चित्रकला प्रदर्शनी “स्प्रिच्युअल पाथ” बेलायत प्रदर्शित

Date: 2025-07-09
news-banner

असार २४, बेलायत । आध्यात्मिक र दैविक विषयमा क्षेत्रमा चित्र कोर्नुहुने चित्रकार सितु मास्के देशारको पहिलो एकल चित्रकला प्रदर्शनी “स्प्रिच्युअल पाथ” को आज प्रदर्शनी गरिएको छ । बेलायतको केन्ट प्रदेशको फोक्सटन नेप्लिज कम्युनिटी सेन्टको प्रदर्शनी कक्षमा आयोजित उक्त कार्यक्रममा चित्रकार मास्केका १० वटा चित्रकहरु प्रदर्शनीमा राखिएको हो ।


मास्केले कोर्नुभएका उक्त चित्रहरुमार्फत जीवनलाई अध्यात्म र आत्मिक विषयसँग जोडिएको छ ।बेलायको फोक्सटनका उपमेयर तथा फोक्सटन हायातका डिस्ट्रिक काउन्सलर ज्याकी मिडिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त समारोहमा फोक्सटन जिल्लाका अधिकारी लुसी मेकगर, बेलायती वरिष्ठ चित्रकार क्रिस बोन, फोक्टन नेपाली समाजका पूर्व अध्यक्ष झपिन्द्र थापा, कोषाध्यक्ष विक्रम राई, बिएफबिएस गोर्खा रेडियोका प्रमुख विनोदध्वज खड्का, चित्रकार अजय देशारसहित फोक्सटन तथा फोक्सटन हायात क्षेत्रका पूर्व प्रमुख र पूर्व अधिकारीहरुको उपस्थिति रहेको थियो । 

क्याप्टेन राम बहादुर पुनको सभापतित्वमा सम्पन्न प्रदर्शनीको उद्घाटन समारोहमा नेपाली मूलका ब्रिटिस आर्मी तथा पूर्व ब्रिटिस आर्मीहरुको विशेषग उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सम्बोधन गर्दै फोक्सटन हायातकी डिस्ट्रिक काउन्सलर ज्याकी मिडिले नेपाली चित्रकलाको विशेष हुने भएकोले बेलायतका क्षेत्रमा नेपाली चित्रकलाको प्रदर्शनी हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली समाजको सकारात्मकताले आफुलाई प्रभावित पारेको भनाई व्यक्त गर्नुभयो । 


बेलायती वरिष्ठ चित्रकार क्रिस बोनले नेपाली चित्रहरुले नेपालको विशेषता झल्काएकोले आफु नेपालमै पुगको अनुभव प्राप्त गरेको अनुभव साट्नुभयो । उहाँले नेपाली चित्रकलाले विश्वमा फरक स्थान राख्नसक्ने भएकोले प्रचारमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । 


ब्रिटिस आर्मीका क्याप्टेन राम बहादुर पुनले बेलायतमा पसिना र श्रम बगाएपनि नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको बताउनुभयो । उहाँले चित्रकलाका लागि उमेरले नछेक्ने भएकोले बेलायतका नेपाली मूलका व्यक्तिहरुले चित्रकला चाख राख्ने र चित्र कोर्ने गरेको बताउनुभयो । 


चित्रकार अजय देशारले करिब १३ बर्षपछि बेलायतमा पुनः चित्रसँग सम्बन्धित कार्यक्रममा जोडिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले नेपालमा योङ पिकासोले गाउँ गाउँमा कलाको विकास गर्दै नयाँ चित्रकारलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको भनाई राख्नुभयो । 


चित्रकार सितु मास्केले लामो समयदेखी एकल चित्रकलाको प्रदर्शनी नेपालमा गर्ने तयारी गरेकोमा बेलायतमा पहिलो एकल प्रदर्शनी राख्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले चित्रकलामार्फत जीवन दर्शन मात्र नभई धेरै विषय व्यक्त गर्न सकिने भएकोले आफुले वैदिक र आत्मिक विषयलाई केन्द्रित गरेको जानकारी दिनुभयो । 


चित्रकार मास्केले बेलायतका विभिन्न क्षेत्रमा चित्रकला कार्यशाला तथा चित्रकला सेसनमा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।


Leave Your Comments