एक दिने पितम्वरि, Colin, Lizon र Hand wash बनाउने तालीम सम्पन्न
Date: 2025-07-12
ललितपुर - " सीप सिकौं आत्मनिर्भर बनौं "भन्ने मुल नारा सहित ललितपुर महानगरपालिका वडा नं.५ थसिखेल महिला समुहको आयोजनामा एक दिने पितम्वरि, कोलिन (Colin), लिजोल ( Lizon) र हातधुने(Hand wash ) बनाउने तालीम सम्पन्न भएको छ । महिलाहरुलाई स्वरोगार बनाउने उदेश्यका साथ थसिखेल महिला समुहले एक दिने पितम्वरि, कोलिन (Colin), लिजोल ( Lizon) र हातधुने(Hand wash ) बनाउने प्रशिक्षण दिएको हो ।
थसिखेल महिला समुहले उत्कृष्ट कार्यहरू गर्दै आएको हुँदा सिपमुलक तालिम संचालन गर्न थप टेवा पुग्ने हुँदा ललितपुर महानगरपालिका वडा नं.५ ले १ लाखको बजेट विनियोजन गरेको ललितपुर महानगर वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले बताउनुभयो । आफुले सिकेको कुरा व्यवहार पनि उपयोग गर्दै जानको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।
थासिखेल महिला समुहकोको अध्यक्ष सरोजोनी राज भण्डारीले एक दिने पितम्वरि, कोलिन , लिजोल र हातधुने(Hand wash ) बनाउने प्रशिक्षण संचालन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।