ललितपुर - ललितपुर निर्वाचन क्षेत्र नं २ का संघीय सांसद प्रेम बहादुर महर्जनको निरन्तरको पहलमा महालक्ष्मी नगरपालिकाको लुभु लाकुरी भञ्जाङगको वैकल्पिक बाटो ढलान गरिएको छ ।
सांसद प्रेम बहादुर महर्जनको पहलबाट १ करोड बजेट विनियोजन भई ५७ लाखको टेन्डरमा बाटो ढलान भएको छ। हाल लाकुरी भन्ज्याङको ढुङ्गीन देवी बाटो देखि गणेश मान सम्म बाटो ढलान गर्ने भएको छ । अहिले गणेश मान सम्म कालोपत्र गर्न जम्मा ५ किमि मात्रा बाँकी रहेको छ । यो पाँच किलो मिटर पनि छिटै बनाउने योजना रहेको बताईएको छ ।
ठेकेदारबाट राम्रो काम भएको पाएको र नमुनाको बाटो निर्माण भएको छ।यस बाटो पूर्णरूपमा निर्माण भएको खण्डमा यहाँ पर्यटन धार्मिक तथा सांस्कृतिक अवलोकन गरिने हुँदा स्थानीयलाई समेत फाइदा हुने बताईन्छ ।
शनिबार सडकको सांसद महर्जनद्वारा अनुगमन भएको थियो। अनुगमन गर्दा पर्यटन विकासको लागि पहिलो प्राथमिकता बाटोको विकास हुन आवश्यक रहेको स्थानीय सामाजिक कार्यकर्ता राम प्रसाद तिमिल्सिनाले बताँउनुभयो ।२०४७ सालमा ढुङ्गेन सडक खण्ड एक मिटर विभिन्न तथा बुद्धिजीवीको पहलमा खोलिएको थियो। २०५४ सालमा यस लामाटार लाकुरी भन्ज्याङ वैकल्पिक सडक बन्न आवश्यकता साथसाथै यस पर्यटन विकास गर्ने उद्देश्यले करिब ५ मिटर बाटो स्थानीय समेतलाई लाभ हुने २०५६ सालमा डोजर लगाएर करिब ४०० वटा सल्लाको रूप काटेर बनाएको जानकारी दिए । यस बाटोबाट स्थानीयहरूको आर्थिक विकासमा टेवा पुगेको र विभिन्न होमस्टे व्यवसाय खोल्नलाई समेत टेवा पुगेको छ।
लाकुरी भन्ज्याङको ढुङ्गेन देवी देखि गणेश मान सम्मको बाटो अनुगमन गर्न जादा खेरी माननीय प्रेम बहादुर महर्जनले आर्थिक अवस्था कमजोर भएकाहरुलाई जस्ताको पाता वितरण गरि सहयोग गर्नुभयो ।
तस्बिरहरु





